बालेनका ४ योजना, जसले मेयरलाई टाइमको ‘हन्ड्रेड बेस्ट’मा छान्यो
पाेखरा | असोज २, २०८०
पोखराः टाइम म्यागजिनलाई विश्वमै बेष्ट मिडिया मानिन्छ । अमेरिकाको यही मिडियाले विश्वका १ सय उदीयमान एवं प्रभावशाली ‘लिडर’मा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई समेटेको छ ।
टाइमले सुरुवातमा बालेनको परिचय दिँदै लेखेको छ ‘सन् २०२२ मा बालेनले मेयरको चुनाव जितेपछि उनले लगाउने चारकुने आकारको सुनौलो चस्मा निकै पपुलर भयो, स्ट्रक्चरल इन्जिनियरिङ्मा मास्टर्स डिग्री गरेका बालेनको प्रभाव देशैभर देखियो ।’
त्यसो त सन् २०१५ मा भूकम्पले देशलाई तहसनहस गराएको समय बालेनको कामको समेत टाइमले उल्लेख गरेको छ ।
टाइमले बालेनलाई विश्वकै १०० औ उदीयमान नेताकारुपमा समेट्दा उनका ४ प्रमुख योजनालाई आधार बनाएको छ ।
उक्त ४ योजनामा फोहर व्यवस्थापन र सरसफाई, स्वच्छ पिउने पानी, सफा सडक र सहरी योजना एवं सम्पदा संरक्षण रहेका छन् ।
बालेनले मेयरको निर्वाचनमा नेकपा एमालेका प्रभावशाली उम्मेदवार केशव स्थापितविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर जीत हासिल गरेका हुन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

